logo/Koshi Province_Tourism Logo_gxlmbhk.jpeg

महत्त्वपूर्ण सूचना

logo/Koshi Province_Tourism Logo_gxlmbhk.jpeg

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व द्वादशी - १२

एकद्वार संकट व्यवस्थापन केन्द्र

परिचय
लैङ्गक हिंसा पीडित महिला तथा बालबालिकाहरुलाई एकीकृत रुपमा स्वास्थ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, अल्पकालीन आश्रय, कानूनी उपचार, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्र्थापना तथा जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले तोकिएका अस्पतालहरुमा एकद्वार संकट व्यवस्थापन केन्द्रको स्थापना गरिएको हो ।
महिला र बालबालिकाहरु विभिन्न प्रकारका लैङ्गिक हिंसाबाट प्रभावित हुने गरेका र यसबाट उनीहरुमा शारीरिक, यौनजन्य तथा मनोबैज्ञानिक असर पर्ने गरेको छ । यस्ता समस्याहरुको एकीकृत र प्रभावकारी उपचारको व्यवस्था हालसम्म नभएको परिप्रेक्ष्यमा स्वास्थ्य मन्त्रालय मुख्य कार्यान्वयनकर्ताको रुपमा जिम्मेवार हुने गरी नेपाल सरकारबाट स्वीकृत लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९-२०७४ अनुरुप लैङ्गिक हिंंसालाई प्रभावकारी एवम् कूशलतापूर्वक सम्बोधन गर्नको लागि जिल्लास्थित अस्पतालहरुमा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
कुनैपनि हिंसा पीडित महिला तथा बालबालिकाहरुले स्वास्थ्य उपचार, कानूनी उपचार, मनोसामाजिक परामर्श जस्ता सेवा लिन विभिन्न निकायमा जानुपर्ने अवस्थाको अन्त्य गरी एकै ठाउँबाट उपरोक्त सेवाहरु सहज रुपमा उपलब्ध गराउन यस जिल्ला अस्पताल, धनकुटामा पनि मिति २०७४ पौष महिनादेखि लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) स्थापना भई सञ्चालन गरिएको हो ।

उद्देश्य
सबै प्रकारका लैङ्गिक हिंसा प्रभावितहरुलाई स्वास्थ्य उपचार लगायत अन्य आवश्यक सेवाहरु एकीकृत रुपमा उपलब्ध गराई लैङ्गिक हिंसा नियन्त्रणमा सहयोग पुर्याउने ।

हिंसाका प्रकार

क) बलात्कार
ख) यौनजन्य दूर्व्यवहार
ग) शारीरिक हिंसा
घ) जवर्जस्ती विवाह
ङ) अधिकारबाट वञ्चित गराउने
च) मानसिक हिंसा, आदि ।

यस केन्द्रबाट प्रवाह हुने सेवाहरु

लक्षित वर्ग


अस्पतालको तर्फबाट सन्देश

जिल्ला अस्पताल, धनकुटा : ०२६-५२२१३५

सम्पर्क व्यक्ति : ९८५२०६१६४२ (विपु श्रेष्ठ)