वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व द्वादशी - १२
नागरिकको मौलिक हक सुनिश्चितताको लागि गुणस्तरीय सेवा र स्वास्थ्य शिक्षाको प्रवाह मार्फत स्वस्थ, सबल र समृद्ध समाज निर्माण गर्ने ।
अस्पतालको लक्ष्य हासिल गर्न संघ तथा प्रदेश सरकारद्वारा विनियोजन गरिएका वार्षिक बजेट तथा कार्यक्रमहरु सञ्चालन गर्ने, अस्पताल व्यवस्थापन समितिको आन्तरिक स्रोत मार्फत संकलन भएको आयका आधारमा अनुमान गरिएको वार्षिक योजना तथा बजेट समितिद्वारा स्वीकृत भए वमोजिम कार्यान्वयन गर्ने, विभिन्न दातृ संस्था, स्थानीय तह तथा अन्य सहयोगी व्यक्ति, संघ, संस्थासँग भएका सम्झौता वमोजिम तोकिएका कृयाकलापहरु सञ्चालन गर्ने ।
गुणस्तरीय र विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको सहज, सुलभ एवम् समान पहुँच सुनिश्चित गर्ने ।
१. अस्पतालको सेवा प्रवाहको गुणस्तरीयता अभिवृद्धि गर्नु । २. नागरिकको हितका लागि विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्नु । ३. सेवा प्रवाहको लागत न्यूनीकरण गर्दै स्वास्थ्य सम्बन्धी सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्नु । ४. अस्पतालको सेवा प्रवाह तथा वित्तीय व्यवस्थापनमा पारदर्शीता र जवाफदेहीता अभिवृद्धि गर्नु ।