राणाकालीन समयमा सर्वप्रथम वि.सं. १९७० (इ.सं. १९१३) मा धनकुटामा त्रि-चन्द्र अस्पतालका नामले विरामीहरुका लागि अस्पताल खुलेको थियो । शुरुमा भारतीय मूलका (वंगाली) चिकित्सक, कम्पाउन्डर तथा ड्रेसरहरुद्वारा सेवा प्रदान गरिएकोमा वि.सं. २०१७ सालदेखि नेपाली चिकित्सकहरु द्वारा नै सेवा प्रवाह हुन थालेको हो । वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको शिक्षण अस्पतालको रुपमा समेत रहेको यस अस्पतालमा वि.सं. २०५५ देखि नियमित रुपमा प्रशिक्षार्थी चिकित्सक तथा विशेषज्ञ चिकित्सकहरु आवासीय रुपमा कार्यरत रहेका छन । आ.व. २०६२/६३ देखि यस अस्पताललाई तत्कालीन श्री ५ को सरकारले स्थानीय श्रोतबाट सञ्चालन गर्ने गरी १५ शैयाको स्वीकृति पाएको हो । संघीयता कार्यान्वयन भए पश्चात कोशी प्रदेश सरकारको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम मार्फत यस अस्पताललाई १०० शैयामा स्तरोन्नती गर्ने घोषणा गरेको थियो । सोही वमोजिम जग्गा प्राप्ति गरी ७५ शैयाको छुट्टै भवन निर्माण कार्य सम्पादन भइरहेको छ । १०० शैयाका लागि आवश्यक दरवन्दी संरचना निर्माण कार्यका लागि अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले समेत तालुक निकायसँग निरन्तर समन्वय गरिरहेको छ ।

अन्य जानकारी

क) जग्गा : २२-३-३-० रोपनी

ख) भवन :

  • मूल पक्की भवन : १ वटा
  • सहायक भवन :
  • आवासीय भवन : २ वटा
  • वि पि को स्वा वि प्र धरानको रेसिडेन्ट/इन्टर्न/डाक्टर आवासीय ​ भवन: १ वटा
  • जिर्ण भवन : ३ वटा

ग) सवारी :

  • मोटरसाइकल : १ वटा
  • एम्बुलेन्स : २ वटा (१ वटा मात्र सञ्चालनमा रहेको)
  • चारपाङ्ग्रे सवारी : १ वटा
  • शववाहन : १ वटा

घ) मूख्य मेसिन तथा उपकरणहरु